add

सर्वोत्तम सिमेन्टको आइपीओ भर्ने म्याद थप, कम्तीमा ५० कित्ता भर्नुपर्ने






ActPro Nepal

|

१० माघ, २०८०

|
231

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने म्याद थप भएको छ ।

कम्पनीले पुस २५ गतेदेखि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने म्याद माघ २५ गतेसम्म थप गरेको हो ।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले ९ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । सो सेयरमा उद्योग प्रभावित क्षेत्र नवरपारासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका नवलपरासीका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले पुस २५ गतेदेखि नै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्रीमा ल्याएको २ लाख ६७ हजार कित्ता सेयरमा भने आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.