add

केकी अधिकारी ‘पोएट आइडल’ को जज






ActPro Nepal

|

१० माघ, २०८०

|
189

काठमाडौँ । टेलिभिजन रियालिटी शो 'द पोएट आइडल' सिजन २ को जजमा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ ।

शोका निर्देशक अमनप्रताप अधिकारीका अनुसार पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा दोस्रो सिजनमा केकी अनुबन्धित भएकी हुन् ।

शोको पहिलो सिजनमा सुरक्षा पन्तसहित उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक जज थिए । पहिलो सिजनका बाँकी तीन जजले दोस्रो सिजनलाई पनि निरन्तरता दिनेछन् । यसबारे आजै हिमालयन टेलिभिजनसँग सम्झौता भइसकेको छ ।

यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि प्रसारण हुनेछ । सिक्किमकी कवयत्री निलम गुरुङ पहिलो सिजनको पोएट आइडलको विजेता बनेकी थिइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.