add

भायानेटले ल्यायो ‘बाइ वान गिफ्ट वान फ्री’ योजना






ActPro Nepal

|

९ माघ, २०८०

|
234

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले ‘बाइ वान गिफ्ट वान फ्री’ (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको छ। कम्पनीले इन्टरनेटको नयाँ जडान र नवीकरण गर्ने ग्राहकलाई लक्षित गर्दैै यो योजना ल्याएको हो ।

यस अफर अन्तर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् । उक्त बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ ।

एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन्,  जुन उनीहरुले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नेछन् । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७००ं भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् ।

उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र यसमा जडान शुल्क भने लागू हुनेछ। उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ । जसको मूल्य मात्र रु.२७०० भ्याट पर्नेछ।

‘हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुसी छौं। हामी विश्वास गर्छौं कि कनेक्टिभिटीको उपहार, विशेष गरी आजको द्रुत रूपमा डिजिटलाइजिङ संसारमा अर्थपूर्ण मात्र होइन मूल्यवान पनि छ। हाम्रो संस्थाको ग्राहक वृद्धि गराउनमा स्वम ग्राहकहरू सबैभन्दा ठूलो शक्ती र ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको छ। हाम्रा सेवाहरू रेफर गर्ने ग्राहकहरूको उच्च संख्या हुनु ग्राहकको सेवा प्रती हाम्रो निरन्तर प्रतिबद्धताको प्रमाण हो। हाम्रा सेवाहरूलाई अझ धेरै ग्रहकले रेफर गर्दै यस परियोजना बाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेट उपहार दिने अवधारणा ल्याएका हौं,’ भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.