add

सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?






ActPro Nepal

|

९ माघ, २०८०

|
194

काठमाण्डौं ।  नेपाली बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ३७० रुपैयाँ तोकिएको छ । चाँदी सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २७ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव २८ डलरमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.