add

गरिमा विकास बैंकले कमायो ५१ करोड २५ लाख नाफा, इपिएस कति ?






ActPro Nepal

|

७ माघ, २०८०

|
92

काठमाडौं । गरिमा विकास बैंकले ६ महिनामा ५१ करोड बढी नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार बैंकले ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको तुलनामा भने सामान्य अर्थात् २.०८ प्रतिशत मात्रे बढी हो । गत आवको सोही अवधिमा पनि बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १४.४० प्रतिशत बढेर १ अर्ब ८० करोड ५० लाख रुपैयाँ पुगेको छ । बैंकको कुल संचालन आम्दानी पनि १५ प्रतिशत बढेर २ अर्ब २ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।यता, बैंकको संचालन नाफा सामान्य बढेर ७३ करोड १७ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफ बढेसँगै खुद नाफा बढेको हो । बैंकको वितरणयोग्य नाफा भने २ करोड २१ लाख ८६ हजार रुपैयाँ छ ।

बैंकको खराब कर्जा पनि १.८९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४७ पैसा छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ५८ करोड ७ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन २.०९ प्रतिशत बढेर ७८ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी भने ३.१५ प्रतिशतले बढेर ६३ अर्ब ९० करोड ९० लाख रुपैयाँ कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.