add

मुक्तिनाथ विकास बैंकको नाफा ४२ करोड बढी, कस्ता देखिए मुख्य सूचकहरु ?






ActPro Nepal

|

७ माघ, २०८०

|
92

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६ महिनामा ४२ करोड बढी खुद कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

दोस्रो त्रैमाससम्ममा बैंकले ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.९३ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । यता, कुल संचालन आम्दानी पनि ३.१६ प्रतिशत बढेर २ अर्ब ३६ करोड ६८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

तर, बैंकको संचालन नाफा भने ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । संचालन नाफा घटेसँगै बैंकको खुद नाफामा गिवरावट आएको हो । वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ राखेको छ ।

सो अवधिमा बैंकको निक्षेप संकलन पनि ३.५५ प्रतिशत घटेर १ खर्ब १२ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन १.९५ प्रतिशत बढेर ९६ अर्ब २९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी (इपिएस) पनि ७ रुपैयाँ ५९ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसा कायम भएको छ । यता, प्रतिसेयर आम्दानी पनि १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.