add

खस्किँदै एनआइसी एशिया बैंक, खुद नाफा ४२% घट्यो, वितरणयोग्य नाफा ऋणात्मक






ActPro Nepal

|

७ माघ, २०८०

|
81

काठमाडौं । दुई/तीन वर्ष अघिसम्म ‘नम्बर वान’ बन्ने दौडमा रहेका एनआइसी एशिया बैंक पछिल्लो समय खस्किँदै गएको छ ।

बैंकिङ लिडर नबिललाई टक्कर दिन सक्ने अवस्था पुगेको एनआइसी एशिया अहिले वासलतका अधिकांश सूचकमा निकै पछि परेको हो ।

पछिल्लो समय बैंकको वासलत खस्कँदो क्रममा रहेको छ । निक्षेप संकलन र कर्जा लगानी बढाए पनि बैंकको खुद नाफा, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी लगायत मुख्य सूचकहरू घट्दो क्रममा रहेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा पनि बैंकको वित्तीय विवरण खस्किएर आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा ४१.८४ प्रतिशतले घटेको छ ।

बैंकले पुस मसान्तसम्म १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ३७ करोड रुपैयाँ कम हो । बैंकले गत वर्ष सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा ठूलो असर परेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएकाे छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप २२.४५ प्रतिशत र कर्जा लगानी १२.२४ प्रतिशतले बढेको हो ।

हाल १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २७ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको रिटेन्ड अर्निङ भने ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५६.६१ रुपैयाँबाट घटेर २५.५२ रुपैयाँमा सीमित भएको छ ।

पुससम्म बैंकको प्रतिसेयर नेटवथ २०५.१ रुपैयाँ, बेसरेट ९.६८ प्रतिशत, सीडी रेसियो ७७.१८ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा दोब्बरले बढेर १.१९ प्रतिशत पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.