add

यू-१९ विश्वकप :आज न्यूजिल्याण्डको सामना गर्दै नेपाल






ActPro Nepal

|

७ माघ, २०८०

|
170

काठमाडौ ।  आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको समाना गर्दैछ। 

नेपाल र न्यूजिल्याण्डको खेल नेपाली समयानुसार आइतबार दिउँसो १:४५ बजे सुरु हुनेछ। 

८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो। 

नेपाल सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो। सन् २०१६ को विश्वकपमा नेपालले क्वार्टरफाइनल सम्मको यात्रा तय गरे पनि अन्तिम ८ को खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। 

यो विश्वकपमा भने नेपाल समूह ‘डी’मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.