add

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

४ माघ, २०८०

|
196

काठमाडौं । बिहीबार सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँ तोकिएको छ । तर, बुधवार भने १ लाख १८ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख १६ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, साताको पाँचौ कारोबार दिन चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.