add

शाओमीको बजेटमैत्री रेड्मी १३ सी स्मार्टफोन नेपालमा






ActPro Nepal

|

४ माघ, २०८०

|
199

काठमाडौँ ।  शाओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ । रेड्मी १२ सी को सफलताको रूपमा शाओमीले आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको हो ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘रेड्मी १३ सी को स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ भन्ने हामीलाई विश्वास लिएका छौँ ।’ 

रेड्मी १३ सी १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित छ । यो १६०० बाई ७२० को रिजोल्युसनको साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ जसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्दछ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदान गर्दछ । 

रेड्मी १३ सी मा ५० मेगापिक्सेलको एआई ट्रीपल  क्यामरा रहेको छ । यसै गरी  फोनमा  नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरू पनि उपलब्ध छ ।  यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ । साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि  १०८०  पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा  भिडियो रेकर्डिङ गर्दछ ।

रेड्मी १३ सीको ५००० एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ । १० वाटको एडाप्टरसहित आउने यस रेड्मी १३ सी लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ । 

यो फोन ६ प्लस १२८ जिबी र ८ प्लस २५६ जिबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रङहरूमा उपलब्ध हुनेछ । ६ प्लस १२८ जिबी र ८ प्लस २५६ जिबी भेरियन्टको मूल्य क्रमशः १५ हजार ९९९ र रु.१८ हजार ९९९ रहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.