add

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक






ActPro Nepal

|

४ माघ, २०८०

|
123

काठमाण्डौ । गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । 

 कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमका साथ नयाँउद्यमीहरुलाई लक्षितगरि यो योजना सार्वजनिक गरिएकोे कम्पनीले बताएको छ।  

उक्त योजना अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वाविस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ।

 हाल कम्पनीले देशभर १२३ शाखाकार्यलय, ५१ एटीएम र डिजिटल बैंकिङमार्फत् करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.