add

घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री खुला हुँदै






ActPro Nepal

|

२ माघ, २०८०

|
185

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनीले १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । लिलाम सेयरि खरिदका लागि लगानीकर्ताले आगामी माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्युनतम मूल्य भने १०० रुपैयाँ निर्धारण गरिएको छ । तर, बोलपत्र पेश गर्दा लगानीकर्ताले तोकिएको भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ता र अधिकतम सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.