add

माघ १० गतेदेखि बुक बिल्डिङबाट आइपीओ बिक्री गर्दै रिलायन्स स्पिनिङ मिल्स






ActPro Nepal

|

२ माघ, २०८०

|
167

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गतेदेखि बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६०० कित्ता आइपीओ बिक्रीको अनुमति पाएको छ । सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थागत लगानीकर्तालाई बिक्री गर्ने भएको हो ।

कम्पनीले संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ मूल्य तोकेको छ । संस्थागत लगानीकर्ताले यही मूल्यको बीचमा बोलकबोल गर्न पाउने छन् ।

संस्थागत लगानीकर्ताले कम्पनीको सेयरमा माघ १४ गतेसम्म गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्न सक्नेछन् । योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा बोलपत्र फाराम बुझाउनु पर्नेछ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट प्राप्त बोलकबोलबाट कम्पनीको सेयरको कट अफ मूल्य निर्धारण गरिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले क्रम्पनीको समयमै वित्तीय दायित्व बहन गर्न क्षमता पर्याप्त रहेको जनाउँदछ ।

रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादन गर्ने उद्योग हो । कम्पनीको मुख्य उद्योग ‘ए’ इँटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बी’ इँटहरी नगरपालिका वडा नं. ४ दुहावी, सुनसरीमा छ ।

कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम लगायत मुलुकमा निर्यात गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.