add

प्रधानमन्त्री कप : कर्णाली र सुदूरपश्चिम, कोशी र पुलिस तथा बागमती र मधेश भिड्ने






ActPro Nepal

|

२ माघ, २०८०

|
194

काठमाडौ ।   प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जस अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम दुवैले आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा कर्णालीले गण्डकी र सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई हराएका थिए ।

यस्तै आज कोशी प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

यसैगरी आज बागमती प्रदेश र मधेश प्रदेशबीच पनि खेल हुँदैछ । खेल सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । बागमतीले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेश दुईमध्ये एकमा जित र एकमा पराजित भएको छ ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।

यस्तै, त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।

दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.