add

काठमाडौं महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने






ActPro Nepal

|

२९ पुष, २०८०

|
222

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । माघ २ गतेदेखि महानगरले चार हजारलाई तीन महिनाको अनलाइन तालिम दिने भएको हो ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत महानगरले १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखेको छ । सोही अनुरूप साइबर सुरक्षा सम्बन्धी तीन महिने तालिम सुरु हुन लागेको हो ।

महानगरलाई तालिम सञ्चालन गर्न ईसी काउन्सिल र ग्याप टेक्नोलोजिजले सहयोग गर्नेछन् । तालिममा सहभागीलाई स्मार्टफोन, ईमेलहरूमा प्राप्त हुने मेसेज तथा सूचना, इन्टरनेट जडान भएका डिभाइस र यसमा प्रयोग हुने एप्लिकेसनहरूको आधिकारिकता, जोखिमका विषयमा सिकाइने कार्यक्रमका सम्पर्क व्यक्ति अजय पौडलले जानकारी दिए । त्यस्तै प्रोग्रामिङ, नेटवर्किङ र क्लाउडका आधारभूत पक्ष पनि सिकाइने छ ।

साइवर सुरक्षा सीप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सीपबाट रोजगार क्षेत्रमा आबद्ध हुन सकिन्छ । महानगरको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरूलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

गएको वर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरूले देखाएका छन् । यस प्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.