add

माघ ६ गतेदेखि सुरु हुने कोरिया भाषा परीक्षा तीन चरणमा






ActPro Nepal

|

२४ पुष, २०८०

|
131

काठमाडौं । आगामी माग ६ गतेदेखि सुरु हुने कोरिया भाषा परीक्षा तीन चरण्मा हुने भएको छ । उक्त भाषा परीक्षामा १ लाख ६४ हजार जना सहभागी हुने वैदेशीक रोजगार विभागले जनाएको छ ।

कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पानीजहाज सम्बन्धी कामको परीक्षामा फेल भएका परीक्षार्थी पनि सामेल हुन पाउने भएका छन् ।

वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी)बीचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुंग्याएको छ ।

पहिलो चरणमा ४७ हजार परीक्षार्थीले परीक्षा दिने छन् भने दोस्रो चरणमा ८० हजार र बाँकीको तेस्रो चरणमा परीक्षा हुने विभागले जनाएको छ । एक पटक सञ्चालन हुने परीक्षामा एक हजार विद्यार्थी सहभागी हुने भएकाले पहिलो चरणको परीक्षा सक्न ४७ दिन लाग्ने विभागले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.