add

क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त






ActPro Nepal

|

२४ पुष, २०८०

|
134

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन् । सोमबार क्यानले ढुंगानालाई महाप्रबन्धक नियुक्त गरेको हो ।

एक महिनाअघि आह्वान गरेको दर्खास्त अनुसार ढुंगाना नियुक्त भएका हुन् । यो नेपाली क्रिकेटको व्यवस्थापनसम्बन्धी उच्च पद हो ।वृतान्त खनालले राजीनामा दिएपछि क्यान महाप्रबन्धक पद ६ महिनादेखि रिक्त थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलसहितको छनोट समितिले ढुंगानालाई महाप्रबन्धक छनोट गरेको हो । ६१ जनाले आवेदन दिएकोमा अन्तिम सूचीमा ढुंगानासहित अन्य सात जना थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.