add

राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन गर्दै आयोग






ActPro Nepal

|

२० पुष, २०८०

|
179

काठमाडौं ।  राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै छ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरेको छ।

जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ।

यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो।

आज बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिसक्ने र त्यसमा आज दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ।

उक्त दावी विरोधउपर छानबिन गरी आयोगले आइतबार (पुस २२ गते) अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।

पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।

पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

पुस २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते उम्मेदवारलाई चुनाव चिन्ह दिइनेछ।

माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय तोकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.