add

ओरालो लाग्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

१९ पुष, २०८०

|
140

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । ६ दिनमा लगातार १११ अंकले घटेर बुधबार २८ अंकले बढेको नेप्सेमा आज फेरि गिरावट आएको हो ।

दिनभरमा २४ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा ८ अंकले घटेर बन्द भएको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ५४ करोड बढेर ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा आइपुगेको छ । यस दिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले बढेको छ भने अन्य समूह ३.७० प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट १९ करोड र माउन्टेन इनर्जीको १८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।सिंगटी हाइड्रोपावर र कालिका पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल वेयरहाउजिङ र मुक्तिनाथ कृषि कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.