add

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफले जित्यो






ActPro Nepal

|

१७ पुष, २०८०

|
194

मनहरी । हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ।

सोमवार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यु डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधिसहित २ लाख रुपैयाँ नगद जितेको हो।

एपिएफले न्यु डाइमन्डलाई १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो। उपविजेता भएको न्यु डाइमन्डले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल प्राप्त गरेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपिएफकी सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यु डाइमन्डले प्राप्त गरेको छ। उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भए।

सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ र विधागत उत्कृष्टले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे।

पाँचवटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन भएको थियो। एपिएफ ११ अंकका साथ समूह विजेता र न्यु डाइमन्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए।

समूह चरणको अन्तिम खेलमा न्यु डाइमन्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त गरेका थिए।

प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गरेको छ।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौला, वडाअध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १३ गतेदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.