add

आर्मीले जित्यो ‘बुकी कप’ भलिबलको उपाधि






ActPro Nepal

|

१७ पुष, २०८०

|
155

गण्डकी । राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्बले जितेको छ ।

पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस्द्वारा बागलुङको गलकोटमा आयोजित सो प्रतियोगिताको आज भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–२ सेटमा पराजित गर्दै आमीले उपाधिसहित रु पाँच लाख पुरस्कार हात पारेको हो ।

प्रतियोगितामा आर्मीले पुलिससँग पहिलो, चौथो र पाँचौँ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरमा जित निकाल्दै प्रथम बुकी कपको उपाधि चुमेको हो । दोस्रो र तेस्रो सेटमा आर्मीलाई क्रमशः २५–२२ र २५–२१ को अन्तरमा पराजित गरेको पुलिस क्लबले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको पुलिस क्लबले कप र मेडलसहित रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितमा त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठले उत्कृष्ट घोषित हुँदै रु २० हजार, उत्कृष्ट टोली प्रशिक्षक आर्मीका जगतबहादुर सिँहले रु १० हजार, उत्कृष्ट सेटर आर्मीका दुर्गा महतोले रु छ हजार र उत्कृष्ट स्पाइकर पुलिस क्लबका पहल गहतराजले रु छ हजार पुरस्कार प्राप्त गरे ।

यस्तै, उत्कृष्ट ब्लकर पुलिसका सफल विकले रु छ हजार, उत्कृष्ट सर्भर पुलिसका रविन नगरकोटीले रु छ हजार र उत्कृष्ट लिबेरो आर्मी क्लबका ईश्वर थापाले रु छ हजार पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिएको थियो ।

यही पुस ८ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टोलीले भाग लिएको प्रतियोगिताका संयोजक मोहन केसीले बताए ।

गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । सो अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.