add

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने






ActPro Nepal

|

१२ पुष, २०८०

|
149

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग सम्झौता गर्दै ग्राहकलाई विशेष छुट पाउने व्यवस्था गरेको हो ।

सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग कर्ताले ती संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट पाउने छन् ।

बैंकका ग्राहकले भूगोल थकाली, हेटौंडामा १० प्रतिशत, एन्जल ज्वेलरी, न्यूरोडमा मेकिङ चार्जमा ४० प्रतिशतसम्म, गाउँले चुल्हो, पल्पसा प्याराडाइज, क्वीक २० हाउस होटल, हेटौंडामा समान १०/१० प्रतिशत छुट पाउने भएका छन् । यसबाट बैंकका ग्राहक प्रत्यक्ष लाभान्वित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.