add

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ४० कित्तासम्म पाए, यहाँबाट हेर्नुहोस् नतिजा






ActPro Nepal

|

११ पुष, २०८०

|
214

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् भने गोलाप्रथाबाट २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात् ४० कित्ता सेयर पाएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनएमबी क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.