add

आजदेखि सौराहामा १७औँ हात्ती महोत्सव हुँदै






ActPro Nepal

|

१० पुष, २०८०

|
154

चितवन। चितवनको सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो ।

कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि फेरि आयोजना गरिएको हो ।

यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो ।

महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने आयोजक क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार हुनेछ ।

यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतकाे अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.