add

आज २०८० पुस १० गते मंगलवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१० पुष, २०८०

|
729

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस १० गते, मंगलवार, २६ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष पूर्णिमा तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १०ः०५ बजेपछि मिथुन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन राम्रो छ। अचानक धन आर्जन हुनेछ। सबैको साथ पाइने छ। मनमा खुशी मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक यात्रामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको राम्रो साथ रहने योग रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

चन्द्रमा अनुकुल रहेकाले आर्थिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परिवारका सदस्यसँग छलफल गरेर गरेको काममा सफलता हात लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन रमाइलो नहुनसक्छ। मित्रले धोका दिनसक्ने छन्। सञ्चित धनमा क्षति हुने भएकाले ठुला कामको सुरुवात नगर्नु राम्रो हुन्छ। गणेशको दर्शन गरेर काम गर्नु राम्रो हुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दैनिकी सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या रहेकाले खानपानमा ख्याल गर्नुहोला। प्रेम सम्बन्ध र परिवारबाट असहयोग हुने देखिन्छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काम नगरी फलको आश गर्दा निराश बन्नुपर्ने छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ। आजको दिनमा भाग्यको भर नपरेकै राम्रो हुन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। काममा प्रशंसा प्राप्त हुनेछ। अगाडि प्रशंसा गरेर पछाडि कुरा काट्नेसँग सचेत हुनुपर्छ। शिक्षामा प्रगति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन आफूलाई धेरै समय दिनु राम्रो हुन्छ। अरुसँग अपेक्षा गर्नु गलत हुन्छ। जुनसुकै काम गर्दा पनि विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। सानो गल्तीले ठुलो क्षति हुनसक्ने योग छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता प्राप्त हुनेछ। मित्र अनुकुल छन्। परिवारको साथ पाइने छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अचानक सन्चित धन खर्च हुने योग छ। ठुलो व्यापार र उद्योगका लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने उत्साह मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शनिदेवको छाया रहेकाले अरुले गल्ती गरे पनि दोष आइलाग्न सक्छ। शनि अनुकल भए राम्रो प्रगति हुन्छ। शनि अनुकल भए नभएको कुरा जन्मकुण्डली हेरेर थाहा पाउन सकिन्छ। त्यही आधारमा सुझाव लिनु राम्रो हुन्छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आजको दिनमा धेरै विकल्प देखिन सक्छन्। आएका विकल्पमध्ये उत्तम विकल्प खोज्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.