add

आज २०८० पुस ९ गते साेमवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

९ पुष, २०८०

|
2279

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस ९ गते, साेमवार, २५ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष चतुर्दशी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

अचानक धन आर्जन हुनेछ। आएको धनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवार सुख प्राप्त हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन राम्रो छ। यो अनुकुल समय हो। दिउँसो सुत्नुभयो भने ठुलो घाटा हुनेछ। दिउँसो निन्द्रा लागेमा राम्रो काम गर्न नसकिए घुमेर भए पनि निन्द्रा भगाउनु राम्रो हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

गुरुको आर्शिवाद लिएर गरेको काम सफल हुनेछ। आज परेवा र गाईलाई दाना खुवाउनु सकेमा प्रगतिको ढोका खुल्नेछ। सबै क्षेत्रमा परिवारको साथ आवश्यक हुन्छ। कुनै पनि काम एक्लै गर्नखोज्नु बुद्धिमानी हुँदैन।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गलत आरोप लगाउन साथी सक्रिय छन्। सचेत भएर काम गर्नुपर्ने दिन छ। शनिको छायाले कामममा अवरोध भए पनि परिवारको साथ मिल्नेछ। शिवको दर्शन गर्नाले सोचेको काम पुरा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन राम्रो छ। निजी प्रभावले सबै मित्रको साथ मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। आज पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने देखिन्छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

जीवन यात्रा सफल हुनेछ। हरेक क्षेत्र सबल छन्। अनुयायीको साथ पाइने छ। हारेर पनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ। धन कमाउने योग भएकाले उद्योग गर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

गुरु रिसाए पनि विवेक प्रयोग गरेर काम सफल गर्नुपर्ने हुन्छ। फरक विचार राख्नेसँग सचेत हुनुपर्ने देखिन्छ। अचानक सहयोग प्राप्त हुनेछ। खुट्टा तान्ने सक्रिय भएकाले परिवारबाटै जोगिनु उपयुक्त हुन्छ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ। स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्। आफन्तले दु :खी बनाए भनेर निराश नहुनु राम्रो हुन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। परिवारको साथले मनमा उत्साह थपिने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। हरेक क्षेत्रमा विरोधको सामना गर्नुपर्ने छ। लग्नबाट ३, ६ र ११ औं स्थानमा शनिदेव भए उन्नति र प्रगति हुनसक्छ। तपाईंले पिपलको दर्शन गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन राम्रो छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ। परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.