add

नेपाल सुपर लिग : आज दुई खेल हुँदै






ActPro Nepal

|

६ पुष, २०८०

|
207

काठमाडौ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् ।

आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी बीच प्रतिस्पर्धा हुने छ ।

पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै गर्दा धनगढीलाई भने प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाब छ ।

यस्तै, आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् ।

झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने चितवन प्लेअफ यात्राबाट बाहिरिसकेको छ ।

जारी लिगमा झापा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने चितवनले ६ अङ्क जोडेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.