add

आज २०८० पुस ६ गते शुक्रवार , यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

६ पुष, २०८०

|
798

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस ६ गते | शुक्रवार २२ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष दशमी तिथि, ९ः३६ बजेपछि एकादशी। अश्विनी नक्षत्र। चन्द्रराशि मेष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

तपाईंको नाम, दाम र कामको सम्मान हुनेछ । मनमा उत्साह बढ्नेछ । आज वर र पिपलको दर्शन मात्र गरेमा परिवारको सम्बन्ध राम्रो हुनेछ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईंका सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ । सफल बन्नका लागि आज आफूभन्दा ठुलाको सल्लाह अनुसार चल्नु राम्रो हुन्छ । दाम्पत्य जीवनमा विवादमा पर्ने देखिन्छ । तर्कबाट बच्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुने देखिन्छ । वैदेशिक लगानी र यात्रामा भने झन्झट आइलाग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्र सबल भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपान र भोजमा सहभागी हुँदा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कडा खालका विपक्षीको सामना गर्नुपर्ने हुनसक्छ । रोगबाट मुक्त हुने योग रहेको छ । प्रेम सम्बन्ध र परिवारमा सफलता मिल्नेछ ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र सम्पत्तिमा राम्रो देखिन्छ । मान्यजनको सेवा नगर्दा असहयोग गर्नेछन् । राजनीतिक क्षेत्रमा खराबहरुले सताउने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मानसिक उल्साह बढ्नेछ । गुमेको सम्पत्ति अचानक हात लाग्नेछ । समकक्षीले खुट्टा तान्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । शिक्षाको लगानीबाट राम्रो नतिजा मिल्नेछ । दाजुभाइले सहयोग नगर्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विपक्षीले तपाईंको उन्नतिमा डाहा गर्ने छन् । धनको घमण्ड नगर्नु राम्रो हुनेछ । अभिभावकको आर्शिवाद लिएर अगाडि बढेमा राम्रो हुनेछ । प्रेम र परिवारको सम्बन्ध राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य राम्रो छ । आफ्नो बोली सम्हाल्नु आवश्यक छ । नसोची बोल्नु भएमा बोली नै गोली बन्ने खतरा हुन्छ । परीक्षा दिएको भए नतिजा राम्रो प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

खर्च बढ्ने देखिन्छ । आफूलाई सहयोग गर्नेहरु टाढा हुने योग रहेको छ । शिक्षा र सामाजिक क्षेत्रमा राम्रो भए पनि परिवारमा मनमुटाब बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अनावश्यक खर्च बढ्नेछ । बोल्न नजान्दा समस्या हुनेछ । रोग बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन राम्रो नै छ । आर्थिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुनेछ । चिट्ठा र शेयरमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । वैवाहिक जीवन सुमधुर रहनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.