add

नेपालमै उत्पादित ‘एरिष्टोक्र्याट’ प्रिमियम ह्वीस्की बजारमा






ActPro Nepal

|

५ पुष, २०८०

|
121

काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्ट्रीलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ ।

मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको छ ।

हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सूक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्वीस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुन्छ । कुनै पनि उत्कृष्ट मदिरामा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्यक घुट्कीमा पाइन्छ ।

सर्वाधिक लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दी नेपाल डिष्टिलरिजका लागि विशेष रूपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ । यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिंधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिन्छ ।

यसको लेबल पनि निकै आकर्षक छ । जहाँ शक्ति र सहासको प्रतिक सिंहले हाम्रो सम्पदाको सुरक्षा गर्र्दै गरेको आकर्षक आकृति पनि राखिएको छ । यस्तै, लेबलमा भएको चहकिलो कालो रङ्गले आधुनिक मदिराको छविलाई चित्रित गर्छ भने जीवन्त रातो रङ्गले गहिराइ, शक्ति र यस रङ्गसँग हाम्रो गहिरो भावनात्मक सम्बन्धलाई दर्शाउँछ ।

आफ्ना उपभोक्ताहरूको माग तथा उनीहरूको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दी नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए ।

उनका अनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरू सञ्चालन गरिएका थिए । प्रत्येक पटकको परीक्षणमा सहभागी उपभोक्ताहरूबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त भएका थिए ।

४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । नेपाल डिस्टीलरिजले मुख्य रूपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.