add

आज २०८० पुस ४ गते बुधवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

४ पुष, २०८०

|
2473

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस ४ गते, बुधवार, २० डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष अष्टमी तिथि, १३ः४४ बजेपछि नवमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन सामान्य राम्रो छ । बोलीको प्रभावले काम पुरा गर्नुपर्ने छ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । परिवारबाट सहयोग मिल्नेछ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन राम्रो छ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पारिवारिक छलफल र सहमति गरेर काम गर्नुपर्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कर्म गर्नुपर्ने ठाउँमा अल्छीपन त्याग्नुपर्ने छ । आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा भन्दा शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । आफन्तले असहयोग गर्नेछन् । आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल हुनेछ । जसले गर्दा काम गर्न सजिलो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक कारोबारमा अवरोध देखिन्छ । सामाजिक सम्मान प्राप्त हुने योग रहेको छ । रोजगारमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ । विदेश यात्रा फलदायी हुन्छ । परिवारमा मनमुटाव हुनसक्छ ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

परिवारबाट राम्रो सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा निर्णय गर्नुअघि सोच्नुपर्ने देखिन्छ । खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ । बोलीको प्रभावले सबै प्रभावित हुनेछन् । सुरक्षित राखेको धनको सदुपयोग हुनेछ । शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीमा राम्रो अवसर मिल्नसक्छ । दाम्पत्य र प्रेम जीवन सुमधुर बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुने योग छ । पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । यसले काम गर्ने उत्साह बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफ्नै बोलीले आफूलाई अप्ठेरोमा पार्ने देखिन्छ । स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्र सुदृढ रहेको छ । आफन्तले सहयोग नगर्ने देखिन्छ । प्रेम र दाम्पत्य सम्बन्धमा खटपटी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन राम्रो छ । चिट्ठा वा शेयरमा फाइदा हुनेछ । राम्रो संगतले जीवनमा उत्साह बढ्ने छ । प्रेममा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ । ठुलो कारोबार नगर्नु राम्रो हुन्छ । आर्थिक क्षेत्रमा भने प्रगति हुनेछ । परिवारको सहयोग मिल्नेछ ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज तपाईंका चन्द्रमा दाइना छन् । आफ्नो प्रभावले अन्याय गर्नेहरु टाढै रहनेछन् । अन्यायका विरुद्ध बोल्नुभयो भने सन्तुष्टी मिल्नेछ । नयाँ बाटोको सुरुवात हुने योग छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.