add

एनएसएलमा आज दुई खेल, पहिलो खेलमा इलाम र ललितपुर भिड्ने






ActPro Nepal

|

३ पुष, २०८०

|
204

काठमाडौं। नेपाल सुपर लिग फुटबल एनएसएलमा आज दुईवटा खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ललितपुर एफसी र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ। 

ललितपुर हाल ६ खेलबाट १० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। स्पोर्टिङ इलाम भने ७ खेलबाट ५ अंक जोडेर तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ। 

यस्तै आजै अपराह्न ५ बजे पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा पोखरा ६ खेलबाट ११ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। उ आज जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ। 

६ खेलबाट ७ अंकसहित छैटौैँ स्थानमा रहेको बुटवल लुम्बिनी भने आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लिन चाहन्छ। 

यसअघि हिजो भएको खेलमा साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 

बराबरीसँगै धनगढी १२ अंक जोडेर शीर्ष स्थानमा र काठमाडौं ९ अंक जोडेर चौथो स्थानमा छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.