add

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा कास्की जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न






ActPro Nepal

|

२ पुष, २०८०

|
145

काठमाडौँ । सिद्धार्र्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कास्की जिल्लाको पोखरा पुम्दीभुम्दी स्थित शुक्रराज माबिमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

भेटेनरी शिक्षा पठनपाठन हुने उक्त स्कुलका कक्षा ९, १०, ११, १२ का बिद्यार्थी र शिक्षक गरी करिव १०० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कम्पनीको गण्डकी प्रदेशका प्रमुख गोबिन्द प्रसाद देबकोटाले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, कृषि तथा पशुपन्छि बीमाको बारेमा कम्पनीका प्राबिधिक नवराज पौडेलले प्रकाश पारे । कम्पनीको पृथ्वीचोक शाखा प्रमुख जीवलाल न्यौपानेले यस कार्यक्रमले आगामी दिनहरुमा बीमा गर्ने र दाबी भुक्तानी लिने सम्बन्धमा एउटा मार्गदर्शन प्रदान गर्ने विश्वास समेत ब्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.