add

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय






ActPro Nepal

|

२ पुष, २०८०

|
173

काठमाडौं । सरकारले उखु किसानहरूलाई तत्कालै ५२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा आइतबार बसेको सरोकारवाला मन्त्रालयका मन्त्रीहरुसहितको बैठकले सरकारले कृषकलाई अनुदान बापत दिनुपर्ने बाँकी ५२ करोड रूपैयाँ तत्कालै निकासी गर्ने निर्णय गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए ।

बैठकले कृषि क्षेत्र र किसानहरुलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउनसमेत सम्बन्धित मन्त्रालय र सचिवहरुलाई निर्देशन समेत दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.