add

काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम






ActPro Nepal

|

२ पुष, २०८०

|
182

काठमाडौं । काठमाडौं महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ ।

चालू आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने, तीमध्ये पाँच हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो ।

दुई महिने सफ्टवेयर डेभलपमेन्ट तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये छानिएका ४० जनालाई दुई शिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको छ ।

सफ्टवेयर विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सीप प्रदान गर्नु रहेकाे छ । १२५ घण्टे यो तालिममा ७५ घण्टा ‘अन द जब’ तालिममा आधारित हुनेछ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.