add

नाडाको चुनाव: दुई व्यवसायी चुनावी मैदानमा, ‘कर्पोरेट हाउस’ को कता ?






ActPro Nepal

|

१ पुष, २०८०

|
419

काठमाडौं । गाडी तथा यसका पार्टस् विक्रेताहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनाव यही पुस २० र २१ गते हुँदैछ । 

चुनावले नयाँ अध्यक्षसहित कार्यसमिति निर्वाचित गर्नेछ । व्यवसायीहरु दुई कित्तामा उभिएर चुनावी मैदानमा छन् । अध्यक्षको लागि करण चौधरी र आकाश गोल्छा मैदानमा छन् । 

करणले यसअघि धुव्र थापासँग अध्यक्षमै चुनाव हारेका थिए । सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठले चौधरी गु्रपका करण चौधरीलाई अध्यक्षमा समर्थन गरेका छन् । श्रेष्ठ सुरुमा आफैं अध्यक्षका आकांक्षी थिए । तर, पछि आएर उनले चौधरीलाई साथ दिएका छन् ।

सहमति गर्न छलफल चले पनि गोल्छा र चौधरी पछाडि हट्न तयार भएका छैनन् । दुबै आफू अध्यक्ष हुनुपर्ने भन्दै लबिइङ गरिरहेका छन्। 

दुबैले अध्यक्षमा दाबी छोडेनन् भने चुनाव हुने निश्चित छ । गोल्छाको पक्षमा बीवाईडी, फोर्ड, बजाज, टीभीएस, महिन्द्रा, फोटोन, हुन्डाईलगायत ब्रान्डको साथ रहेको छ । गोल्छाको समूहमा ठूला कर्पोरेट हाउससँगै स्पेयर पार्ट्स व्यवसायी समेत खुलेका छन्। बजाज, केटीएम, फोर्ड, सिट्रोन, पुज्योटमा लगानी रहेको गोल्छा अर्गनाइजेसनको पूर्ण समर्थन रहने देखिएको छ। 

ठूलो कर्पोरेट हाउसको रुपमा रहेको लक्ष्मी ग्रुपका निर्देशक निराकर श्रेष्ठ उनकै टिमबाट उपाध्यक्षको तयारीमा छन्। लक्ष्मी ग्रुपले हुन्डाईसँगै प्रिमियम ब्रान्ड बीएमडब्लुका गाडी बिक्री गर्दै आएको छ। 

चौधरीका पक्षमा चौधरी ग्रुप, आईएमई ग्रुप, सिप्रदी, एमएडब्लु, एससिटी ग्रुपलगायतको समर्थन रहेको छ ।

सुजुकीको आधिकारिक बिक्रेता करण चौधरीको आफ्नो नेटवर्क बलियो छ। पछिल्लो वर्षमा निर्वाण चौधरीको समेत अटो व्यवसायमा पकड बढ्दै गएको छ। सीजी मोटर्सले चिनियाँ ब्रान्ड नेटासँगै केवाईसी, किङलङका ब्रान्ड बिक्री गर्दै आएको छ। 

अटो कर्पोरेट हाउसमा सबैभन्दा बढी भोट सिप्रदी ग्रुपको छ।  करण चौधरीसँग पारिवारिक सम्बन्ध भएको एमएडब्लु ग्रुपको सहयोग हुनेछ। विष्णु अग्रवाल नेतृत्वको ग्रुपले यामाहा, जेसीबी, जिप, स्कोडा, फोटोन, सेरेस लगायतका ब्रान्डको बिक्री गर्दै आएको छ। 

त्यस्तै, यामाहाका डिलर समेत रहेका मिलनबाबु मल्ल चौधरीको टिममा छन्।

नाडामा हाल ३ हजार ३०० सदस्य छन् । आगामी चुनावले अध्यक्षसहित १७ जना पदाधिकारी रहनेछन् । ३ जना नयाँकार्यसमितिले मनोनयन गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.