add

नेप्सेमा २७.७५ अंकको वृद्धि, ५ अर्ब १५ करोडको कारोबार






ActPro Nepal

|

१ पुष, २०८०

|
170

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि उकालो लागेको नेप्से आज लगातार चौथो दिन बढेको हो ।

सर्वोच्च अदालतले शुक्रबार मर्जर र एफपीओमा बार्गेन पर्चेज गेनबापत कर तिर्नुपर्ने आदेश दिएपछि आज बिहान बजार खुल्ने बित्तिकै नेप्से ३७ अंकले घटेको थियो । तर, पछि सम्हालिँदा अन्त्यमा २७ अंकले बढेर बन्द भएको हो ।

वाणिज्य बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याजदर घटाएसँगै सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो । आइतबार नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको छ । नेप्से झन्डै ३ महिनापछि २ हजार विन्दुमा उक्लेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज ५ अर्ब १५ करोड बढीको सेयर किनबेच भएको छ । यो ५ महिना यताकै उच्च हो । आज २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभ्न्दा धेरै ५.५५ प्रतिशतले बढेको छ ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

 दोहोरो अंकले बढेको बजारमा आज १ दर्जन बढी कम्पनीको सेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), रिडी पावर, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रो, भूगोल इनर्जी, दोर्दीखोला, सगरमाथा जलविद्युत् विन्ध्याबासिनी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, थ्रीस्टार, रावा इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.