add

चोभारमा नमूना क्यानओपी जीप लाइन सञ्चालनमा






ActPro Nepal

|

१ पुष, २०८०

|
182

काठमाडौं । काठमाडौंको चोभारमा पहिलो पटक क्यानओपी जीप लाइन सञ्चालनमा आएको छ । शनिबार जीप लाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन् ।

हिजोदेखि सञ्चालनमा आएको क्यानओपी जीप लाइन नेपालमै पहिलो पटक नमूना जीप लाइनको रूपमा निर्माण गरिएको व्यवसायीहरूले दाबी गरेका छन् । उनीहरूले क्यानओपी जीप लाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ । सुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताइएको छ ।

वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीप लाइन क्यानओपी रहेको दाबी गरे । उनले जीप लाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए । उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताए ।

महर्जनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरूबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरू सबैले अनुभव लिनसक्ने भनाइ राखे । उनले जीप लाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्यून दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५०० र तीन वटै अनुभव लिनेलाई १ हजार २०० रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए ।

उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए । क्यानओपी जीप लाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.