add

यू-१९ एसिया कपको उपाधिका लागि यूएई र बंगलादेश भिड्दै






ActPro Nepal

|

१ पुष, २०८०

|
186

काठमाडौं । एसिसी अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदैछ।

दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ।  सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएका हुन्।

बंगलादेशले साबिक विजेता भारतलाई ४ विकेटले हरायो। भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो।

अर्को सेमिफाइनलमा घरेलु टोली युएईले पाकिस्तानलाई ११  रनले हरायो। १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले  ४९दशमलव  ३ ओभरमा १८२  रनमात्र बनायो। एसियाकपमा सहभागी नेपाली युवाटोली भने समूह चरणबाटै बाहिरिएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.