add

हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुल्यो,तीन लाख कित्तासम्म भर्न पाइने






ActPro Nepal

|

२७ मंसिर, २०८०

|
525

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । 

कम्पनीले विदेशमा रोजगार गरिरहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगार्नीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीहरूका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर ए रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा सुरक्षित रहेको संकेत गर्छ । 

वास्तविक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९०३ रुपैयाँ छ । त्यस्तै, उक्त अवधिसम्म कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा छ । 

अपरिस्कृत वित्तीय विवरणअनुसार २०८० असार मसान्तसम्म  कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा छ । त्यस्तै, सो अवधिसम्म कम्पनी ४४ करोड २४ लाख सञ्चित नाफामा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.