add

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने






ActPro Nepal

|

२६ मंसिर, २०८०

|
221

काठमाडौं । नबिल बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रूपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।

यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा पुस ३ गतेसम्म र ढिलोमा पुस १३ गतेसम्म खुला गरिने बैंकले जनाएको छ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ। बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.