add

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत आईपीओ बिक्री गर्न माग्यो अनुमति






ActPro Nepal

|

२६ मंसिर, २०८०

|
228

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा ३६ लाख कित्ता सेयर बिक्री गर्न पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डसँग मङ्सिर १८ गते सोमबार निवेदन पेश गरेको हो ।

आईपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएपछि कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्नेछ ।

सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसासम्मको बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल मार्फत बिक्री गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कटअफ मूल्य निर्धारण भएको थियो । बोर्डको व्यवस्था अनुसार योग्य संस्थागत लगानीकर्ताबाट कायम कटअफको दश प्रतिशत (४० रुपैयाँ १० पैसा) कममा सर्वसाधारणमा सेयर बिक्री गर्न लागिएको हो ।

सर्वोत्तमको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.