add

यू–१९ एसिया कपः आज दुई खेल हुँदै






ActPro Nepal

|

२५ मंसिर, २०८०

|
151

काठमाडौं । शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुन लागेका हुन्।

पहिलो खेलमा युएईले श्रीलंकाको युवा टिमको सामना गर्नेछ भने दोस्रो खेलमा जापानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन्। समूह ‘बी’मा श्रीलंका र बंगलादेशले पहिलो खेलमा जित निकाल्दै दुईदुई अंक जोडेका छन् भने जापान र युएई अंकबिहीन छन्।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन्। पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन्। समूह ‘ए’मा नेपाल भने अंकबिहीन छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो। तेस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्दैछ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.