add

नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच प्रतिस्पर्धा






ActPro Nepal

|

२४ मंसिर, २०८०

|
170

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन् ।

आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस्तै, एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको चितवन ५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

पहिलो स्थानमा रहेको धनगढीको ८ अङ्क हुँदा दोस्रो स्थानको पोखराको पनि ८ अङ्क नै छ । पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.