add

सन् २०२७ को महिला विश्वकप आयोजनाका लागि तीन समूहको प्रस्ताव






ActPro Nepal

|

२४ मंसिर, २०८०

|
144

काठमाडौं । सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको प्रस्ताव दर्ता भएको छ। 

फिफाका अनुसार युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि शुक्रबारको समयसीमाभन्दा ठीक अघि अर्को संयुक्त निवेदन पेश गरेका छन्। त्यस्तै ब्राजिलले भने एकल आयोजनाका लागि निवेदन दिएको छ। 

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फिफाले सन् २०२४ को फेब्रुअरीमा हुने स्थलगत निरीक्षण भ्रमणसहित विस्तृत मूल्यांकन प्रक्रिया सञ्चालन गर्नेछ र त्यसपछि मे २०२४ पछि प्रस्ताव मूल्याङ्कन प्रतिवेदनमा आफ्नो निष्कर्ष प्रकाशन गर्नेछ।’ सन् २०२४ को मे १७ मा बैंककमा हुने फिफाको सम्मेलनमा खुला मतदानमार्फत अन्तिम निर्णय गरिनेछ। 

संयुक्त राज्य अमेरिकाले सन् १९९९ र सन् २००३ को महिला विश्वकप एकल आयोजना गरेको थियो भने जर्मनीले सन् २०११ को महिला विश्वकप आयोजना गरेको थियो।गत वर्ष जुलाई र अगष्टमा अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ल्याण्डलाई हराएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.