add

नेपाल सुपर लिग : आज इलाम र पोखरा भिड्ने






ActPro Nepal

|

२० मंसिर, २०८०

|
208

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । जारी लिगमा ३ खेलबाट अपराजित रहँदै पोखरा ५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । यस्तै ३ अङ्क रहेको इलाम छैटौँ स्थानमा छ ।

यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो ।

यस्तै, इलामले काठमाडौँ र बुटवलसँग हार बेहोरेको थियो भने झापालाई पराजित गरेको थियो ।

नौ टोली सहभागि लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ । ललितपुर ६ अंकका साथ दोस्रो तथा काठमाडौँ रेजर्स तेस्रो स्थानमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.