add

उत्साहित नेपाली पर्यटन बजार: ११ महिनामा ९ लाख १८ हजार पर्यटक भित्रिए






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
219

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ को ११ महिनामा ९ लाख १८ हजार ३ सय ८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३ सय ८ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। 

सन् २०१९ को पर्यटक आगमनदरअनुसार तुलना गर्दा ८३ प्रतिशत 'रिकभर' भएको छ। नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा १२ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए।

नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल आएका छन्। कोभिड १९ पछि नेपाल आउने पर्यटक संख्या लगातार वृद्धितर्फ देखिएको छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.