add

विवाह भन्दा पहिला पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
576

काठमाडौ ।  तपाईं विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदी तपाईंले तत्काल विवाह गर्नेबारे सोच्नुभएको छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुस्, आफ्ना कुरा र उनका कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुस् ।

यसरी खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईंको बैवाहिक अवस्था सुखद् बन्न जान्छ । विवाहलाई लिएर मानिसले केही खालका सपना देखेका हुन्छन् । सबै आफ्नो विवाहलाई यादगार बनाउनका लागि खानादेखि विवाहको स्थानसम्मको पूरा योजना बनाउँछन् । जो व्यक्तिसँग आफ्नो पूरा जीवन जिउने अवस्था बनेको हुन्छ उसँग हरेर विषयमा खुलस्त भएर कुरा गर्न र विवाह भन्दा पहिला केही प्रश्नहरु गर्न आवश्यक हुन्छ । ताकि विवाह भन्दा पहिला एक अर्कालाई राम्रोसँग बुझ्न सहज हुन्छ ।

आर्थिक अवस्था–

विवाह भन्दा पहिला कयौं पार्टनरसँग यो सवाल सोध्न चाहन्छन् तर चाहेरपनि यो सोध्न सक्दैनन् । किनकी धेरैलाई पैसा सम्बन्धी धेरै कुरा सोध्न र बुझ्न डर लाग्छ । तर विवाह भन्दा पहिला आफ्नो पार्टनरको आर्थिक अवस्थाबारे जानकारी लिन आवश्यक छ ।

फ्यामिलि प्लानिङ–

विवाह भन्दा पहिला पार्टनरसँग फ्यामेलि प्लानिङका बारेरमा जरुर कुरा गर्नुहोस् । जब दुई मध्ये एक व्यक्तिलाई बच्चा चाँढो चाहिएको छ भने भने यस विषयमा विवाह भन्दा पहिला कुरा गर्नु आवश्यक हुन्छ । तपाईलाई कहिले बच्चाको बारेमा सोच्न जरुरी हुन्छ भन्ने विषयमा प्रस्ट हुनु जरुरी हुन्छ ।

वानिव्यहोरा–

विवाह भन्दा पहिला आफ्नो पार्टनरको वानी व्यहोरा बारे जानकारी लिन जरुरी हुन्छ । प्रेम सम्बन्ध भएकाहरुले बानी व्यहोरा बारे जानकार भएको भएपनि मागी विवाह गर्नेले आफ्नो पार्टरको बानी व्यहोरा थाहा नपाएको हुनसक्छ । त्यसलैले उसलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा थाहा पाएको खण्डमा सहज हुन जान्छ । यसरी पार्टनरको बानी व्यहोराबारे जानकारी लिँदा दाम्पत्य जीवनलाई राम्रो बनाउन सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.