add

सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक






ActPro Nepal

|

१२ मंसिर, २०८०

|
218

काठमाडौ ।  निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

निरन्जनकै सम्पादनमा तयार भएको फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ ।

यो सर्ट फिल्म क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए । यो फिल्ममा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ ।

म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए ।

फिल्ममा बलराम बुढाथोकीको छायांकन छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिए ।  फिल्मलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.