add

पर्यटन क्षेत्रबाट भूकम्पपीडितका लागि ३० लाखको सहयोग






ActPro Nepal

|

१२ मंसिर, २०८०

|
113

काठमाडौ ।  पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले जाजरकोट भूकम्पपीडितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद तथा जिन्सी सामग्री सहयोग गरेका छन्।

पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् पदाधिकारीले आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ३० लाख बराबरको नगद तथा जिन्सी सामग्री सहयोग गरेका हुन्।

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको थियो। 

उक्त भूकम्पपीडित जनताको सहयोगका लागि नगद तथा राहत सामग्री हस्तान्तरण गरिएको टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए। 

उनका अनुसार भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद रु १९ लाख र दुई सय ४० थान ब्ल्याङ्केट र स्टेचर सहयोग गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.