add

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट






ActPro Nepal

|

११ मंसिर, २०८०

|
175

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो सोमबार नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको छ । यसदिन २९० कम्पनीको १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रुपैयाँ बढीको ६० लाख १७ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिन २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूह्को परिसूचक घटेको छ भने ४ को बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८९ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको शेयरसर्वाधिक किनबेच भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।दोहोरो अंकले घटेको बजारमा पनि आज अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । स्वाभिमान लघुवित्तका शेयरधनीले भने सर्वाधिक ८.०४ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.